समय भयो भैरे समय……

कवि
कवि

जे.एन दाहाल
पेन्सिल्भिन्या, अमेरिका

 

आजको यो शुभ बिहानी
म पूर्वमा उदाएको छु
केही घण्टा, केही मिनेट र
केही सेकेन्ड भरको लागि ।

भैरे ! नपर्खनु मेरो उज्यालो,
तेरो अँध्यारो कोठामा लौजान
टल्काउनु तेरो कालो भित्तो उज्यालोले
तर नदेखाउनु यो दुनियाँलाई !

तेरो घर उज्यालिएको देख्ने
दुनियाँलाई चाह छैन,
तेरो कोठा चम्किएको हेर्ने
उनीहरूलाई रहर छैन,
त्यसैले अरूको कुरा नसुन्नु
भैरे ! यो उज्यालो हातमा परेको समयमै
तेरो चुलो, कोठा र क्लजेटमा
पुर्‍याउन सक्नु पर्छ ।

समय निक्कै बढी रेहेको छ
तँ मात्र ढिलाइ गरी रहेको छस्
भैरे ! म बताउँदै छु..
पछि तितो पछुतो हुनु अगावै
खोल एकमुष्ट बाँधेका हातहरू
यो दीप समयमै भित्र्याउनु पर्छ
भैरे समयमै  .. !

Leave a Reply

Your email address will not be published. Required fields are marked *