समालेको नासो

कवि

श्याम खनाल्
ओहायो, अमेरिका

 

छन्द : शिखरिणी
य     म     न    स    भ    लघु  गुरु
ISS   SSS   III   IIS   SII     I     S

गलेँ इज्जत् बोक्तै नमिलि कहिँ बीसौनि सफला!।
न टेकाऊनैको छ कहिँ “तकमा”साथ तगडा।।
छ नौतानै बाटो हिँडनु छ कठीन्मा धर खरी।
परी आयो जिम्मा गरनु सब सेवा छ पगरी ।।१।।

बिसाए लड्नेनै छ त सबभविष्यै विकटमा।
समालेको नासो सबकन दिने आश मनमा।।
हुनन्कोही भावी तनुज,जनिताका पछि पिँडी।
तिनैले पुर्खाको जतन गरनन् “हाडकि जडी”।।२।।

समाल्दै छू तेही नसकि पनि आखीर छ भनी।
अतालिन्छू कैल्हे ढल-पल हुँदा ढल्छ कि भनी।।
घटै भर्दी जाने पनि टुटिसक्यो आश लहरी।
उडाऊने चेतै सब मनमहाँ चल्दछ हुरी! ।।३।।

बटर्दै त्यो जीभ्रो छत पवन झट्कार गरँदै।
उडाएरै फ्याँकी दिन पनि त खोज्दै छ कसिँदै।।
छ सन्सार्सप्रीँदै दुरगम थली बोल्छ नजिकै।
“बटारेको नीती” घट-घट उ चालिन्छ भरिँदै।।४।।

उखेलेका मूला पनि अव जगाऊँ धरतिमा।
भने जस्तै देखी “कलम त लड्यो” भारि बलमा।।
“सलेदामा वर्तन्”सकिन तिर बत्ती शरि यहाँ।
परो साँझै-वेला यस मुलुक नेपालि जनमा ।।५।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *