समुन्द्रपारि ल्होत्छाम्पा

सञ्चमान खालिङ/ पीए, अमेरिका

म झ्यालनिर उभिएको छु
सिमलको भुवा जस्तो
आज पनि हिमपात भइरहेछ
सडक, कार, पतझड वनको सिक्रे रुखहरु ढाकेर 

धन्सिरी गडतिरमा
बल्छी खेल्दा खेल्दा थाकेँ
यो चैत- वैशाखे खडेरीमा
पौडी खेल्न औधि मनपर्छ
चप्लेटी ढुंगामाथि आङको लुगा थुपारें
सुरु भयो पौडी!

हेर्छु
लाग्छ भत्किएको रेल्जस्तो
बाँसका टहराहरुको ताँती
यहाँ कुपोषित,रोगी अनि नांगाहरु बस्छन्
आफ्नो व्यथा आफैँलाई अलाप्दै
अचानक आँधी-हुरी चल्छ
अजंग रुख ढल्छ
अनि किच्छ ती टहराहरु
थाहा छैन कति जना मरे
यो थाहा पाउन ठूलो कुरो पनि त होइन
यो दिनचर्या हो 

“ढकढक, ढकढक …” ढोकामा साथी
तीतो लागेर आयो आफैँलाई आफू
सम्झेर फ्याकट्रीको काम
” यू एस् हो ल …” कसैले हेपेको गाली
मथिंगलमा घुमिरहन्छ
तर
म कुद्दैछु,कुद्नु पर्छ
बस छुट्यो भने जागिर छुटछ
जागिर छुटे सबथोक छुट्छ 

पौष ०२, २०६६, अमेरिका

4 Replies to “समुन्द्रपारि ल्होत्छाम्पा”

  1. Puranaghare

    Thank you for your new poetry.

    This was long awaited and finally you deed as from the side of our one of the valued feeders under poetry in Bhutanese Literature dot Com.

    The presentation seems very interesting and in common your poem sounds good.

    Keep gearing to give and we pray for your safe writing and continuity. Hope you will do more in the days to come.

  2. sabin sharma

    तपाईंको कबिता पढेर यस्तो लगो, उस्तो लगो भन्नु भन्दा पनि कबिता यसरी पनि लेख्न सकिदो रहेछ भन्ने बुझ्छु म त। यसरी सोच्दा मलाई यो वेबसाईटमा अग्रज लेखकहरुको लागि आलग स्तम्भ रखिनु पर्छ जस्तो लाग्छ।

  3. dona

    एउटा बिछट्टै राम्रो
    “म कुद्दैछु,कुद्नु पर्छ
    बस छुट्यो भने जागिर छुटछ
    जागिर छुटे सबथोक छुट्छ ”
    त्यही र त्यस्तै कुदाइले गर्दा धेरैको सृजना सीमित
    भइरहेको अवस्थामा लेखिएको यो कविताले
    हाम्रा अन्य लेखकहरुलाई पनि उर्जा दियोस
    नया वर्षको शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *