सम्झनाका मीठा पलहरू  सार्वजनिक 

आज डिसेम्बर १० तारिख, शनिबारका दिन प्रतीक एल्बममा समावेश गरिएको श्रीसिवाको ‘सम्झनाका मीठा मीठा पलहरू’ गीत  युट्युबबाट सार्वजनिक गरिएको छ ।
अन्जु पन्त र किशोर सिवाकोटीको आवाजमा रेकर्ड भएको उक्त गीत प्रतीक एल्बममा यस अघि नै बजारमा आइ सकेको थियो    । यस गीतमा सङ्गीत पनि
किशोर सिवाकोटीकै  छ।
प्रतीक एल्बम सन् २०२२ मा  सात वटा गीत सहित बजारमा आएको  थियो । वितरक भुट्निज अमेरिकन मिउजीक एसोसिएसन ( बामा ) मार्फत आएको
त्यस एल्बममा समावेश गरिएको यो पहिलो गीत हो  ।
सम्झनाका मीठा मीठा पलहरू गीतमा कलाकार विकास लामिछाने र गरिमा शर्माले अभिनय गरेका छन् ।  तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा
दोलालघाट र मुडेमा खिचिएको दृश्य देख्न मिल्छ  । चन्द्र मगरको लगानी रहेको गीत दीपक आचार्यले निर्देशन गरेका हुन् ।
१० वर्ष देखि अमेरिकाको न्यु हेम्सायर बस्दै आएका श्री सिवाको यस अघि  दलित जागरण गीत
‘संसारलाई बदल्न पाइला आफैँ चाल्नु छ’  ‘विद्रोहका झिल्काहरू’ एल्बममा  समावेश भई सकेको छ ।  सिवाका गीतहरू स्पोर्टीफाइ र एमाजोन मिउजीक जस्ता
प्ले स्टेसनमा पनि सुन्न मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *