सम्झिन्छ त हिमाल ?

टेकवीर कँडरिया/ एरिजोना, अमेरिका

झरके थालको परिधिले नभए
नाङलैमा हेरे हुन्थ्यो जोखाना
भू–देवी शक्तिकेन्द्रलाई अक्षता नछुट्याएर
भँडवा, लडवा र प्रकीर्णलाई मन्साएर
रिजाल कान्छाको आँगनमा भएको गुरुधाममा
किन्ले फेदाङ्वा र ठिन्लेजस्ता प्रबुद्ध झाँक्रीबाट
बाँदर देवता उतारेर
बुढाथोकीका घरको रातो टीका र पगरी
तन्नेरीको आङ्गमा चढाएर
भाँडभैलो देवीलाई जदौ गरिदिएको भए
पग्लँदैन थियो कि हिमाल
सात समद्र पारी बग्नलाई
अब त वाफलाई चिस्याएर
पश्चिमी हावाको गतिले मात्र
सजाइदिन्छ होला हिमाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *