सम्पादकीय

आदरणीय पाठकवृन्द

छोटो समयमा नै यो साइटबाट प्रकाशित हुने ई—पत्रिकालाई सफलताको बिन्दुमा पु-याउन सहयोग गरिदिनु भएकामा हामी सम्पादक समूह हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

भाषा र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध छ । भाषा विहीन साहित्यको कल्पना हुनै सक्दैन र साहित्य लेखन विहीन भाषा उच्च हिमालमा ठिहिले जिङ्रिएको धुपी जस्तै अह्ररो हुन्छ । उन्नति र अवन्नतिको दोसाँधमा रही घरको न घाटको हुन पर्दछ । नून र खोर्सानी बिनाको अचार जस्तै हुनु पर्दछ । भाषा स्थूल शरीर हो र साहित्य आभूषण । भाषा जीवन हो र साहित्य चेतना । भाषा वस्तु हो र साहित्य त्यसको श्रृंगार ।

हामी हाम्रा रचनाप्रति गर्व गर्दछौं किन भने हाम्रो श्रृजना हाम्रै स्वचेतनले सृजित परिणति हो । ‘एक पैसा पनि धनै हो चाउरे भए पनि छोरै हो’ भने झैं जे जस्तो भए पनि हाम्रा श्रृजना भनेका हाम्रा पहिचानका मेरुदण्ड हुन् । हामी जहाँ गए पनि हाम्रो साहित्य श्रृजनाको शैली हाम्रै जस्तो रही रहन्छ । त्यसैले हाम्रो श्रृजना हामीलाई अति प्यारो लाग्दछ ।

हाम्रा साहित्य श्रृजनाको अथमा कतै बिलौना, कतै विरह त कतै जोशमा लेखिए । त्यस पछि लाचारीमा लेखिए, उत्वेगमा लेखिए । कोही उक्साहटमा लेखिए र केही ईष्र्यामा लेखिए । कुनै बाढीझैं लेखिए र कतै मरु भूमिमाझैं ओइलीए । कति अरुलाई उचाल्न पनि लेखिए र कति अरुलाई पछार्न लेखिए । धेरै अरुलाई गाली गर्न लेखिए र थोरै ताली पाउन लेखिए । लेखिएका लेखमा खुशी थिएन, उमंग थिएन र उल्लाहसता थिएन । समयले केही फड्को मारेको छ । अब हामीले रोएर लेख्नु पर्दैन, भोकै बसेर लेख्नु पर्दैन र चीसोले काँप्दै पनि लेख्नु पर्दैन । पसीना पुछ्दै लेख्नु पर्ने बाध्यता पनि रहेको छैन अब । अब लेख्नु पर्दछ हामीले उमंगमा । हामीले दर्शन छोएर लेख्नु पर्दछ । साहित्य शत्रुताभावमा होइन सामाजिक भावमा लेखिनु पर्दछ । व्यक्तिगत व्यंग्यमा निहीत नभई सामाजिक भावमा लेखिनु पर्दछ । हाम्रा साहित्य बरदान बनून्। स्यावासी बनून्, इतिहासपरक बनून् । हाम्रो श्रृजनाले हाम्रो आस्थालाई उच्चतम् बिन्दुमा पु-याउन सहयोग गरोस् । साहित्यमा लगातारको अभ्यास चाहिन्छ । लगातारको अभ्यासले हाम्रो साहित्यलाई परिस्कृत बनाउँछ । परिस्कृत साहित्यले सर्जक र समाजलाई जीवन्तता दिन्छ ।

हामी हाम्रा सर्जकको सहयोगको सधैं अपेक्षा गर्दछौं ।

सम्पादक

One Reply to “सम्पादकीय”

  1. Tal Bali Rai

    Dear Editors !
    Once again ,thanks to all the team of Bhutanese literature.com who contribute the outstanding reputations for uplifting the talents of Bhutanese culture and literature. In this joint hand, i am really happy to be a part of this historical institution.That’s ripper !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *