सम्पादकीय

भाषा र वर्तमान

समय गतिशील छ। समयको यही गतिशीलता भित्र हामी छौँ; हाम्रो वर्तमान छ। हामी हामी नै हुनुका अनेकन् विशेषता छन्, मापदण्ड छन् । यी मध्ये स्वयत्तलाई अटल र अविभाजित बनाइ राख्ने प्रमुख तत्त्व कला, साहित्य र संस्कृति  हुन्। यी सबै कुराहरु भाषाको जगमा उभिएका हुन्छन् । नेपाली भाषाका नाट्यसम्राट बालकृष्ण समले धेरै लामो समयअघि लेखेका थिए:

भाषा  हो सभ्यता हाम्रो सारा उदय उन्नति
जीत-बैभव भाषामै
बाँच्दछन्पछिसम्म ती ।

यो कवितांश आज पनि उत्ति नै सान्दर्भिक, अर्थपूर्ण  र  महत्वपूर्ण छ  । आज हामी समयको पृथक ज्वारभाटासंग हातेमालो गर्दै  अघि बढ्दै छौँ; कतिपय अवस्थामा समयका प्रतिकूलताहरुसंग पौंठेजोरी पनि गर्दै छौँ । समय परिवर्तित भएको छ; संसार परिवर्तित भएको छ । आज संसारमा बोलिने/लेखिने कतिपय भाषाहरु यसै हराएका छन्; कतिपय उन्नति उन्मुख छन्।  यतिबेला अन्तर्जातीय बहसहरु शिखरमा पुगेका छन् । हामी यही समयमा बाँचिरहेका छौं। आफ्नो भाषा (आफूबाट) नहराओस् भनी जागरुक हुने समय पनि यही हो।

हाम्रो समाज विश्व परिप्रेक्षमा एउटा पछौटे समाज हो। त्यसमाथि समयको प्रतिकूलताका अन्त्यहीन शृंखलाहरुले हामी विक्षिप्त रहयौं । यस चरणमा कला, साहित्य र संस्कृतिको  सम्बर्धन र विकाश ओझेलमा प-यो। प्रवासमा  अनकौँ कठिनाइहरुसंग जुध्दै यस क्षेत्रमा भएका पहल र प्रगतिहरु सदा स्मरणीय छन् ।

आज फेरि हाम्रो संसार नाटकीय रुपमा बदलिएको छ । एकातिर हाम्रा हातमा अवसरहरु छन्, अर्कोतिर चिन्ता। विकशित मुलुकमा प्रविधि, लगाव र क्षमताको सहज उपयोगबाट सर्वपक्षीय उन्नति संभव देखिन्छ भने अर्को तर्फ नेपाली भाषा (र अरु सबै मातृभाषा) को प्रयोगको सीमितताका कारण भाषिक उन्नतिको ह्राशोन्मुखतालाई पनि नजरअन्दाज गर्न सकिन्न। तर यी सबै चुनौतीहरुलाई अवसरको रुपमा स्वीकार्दै आजको पुस्तालाई परिचालित गर्न सके नेपाली भाषालाई विद्युतीय दुनियाँमा प्रवेश गराउने महान कार्यमा भूटानी युवाहरु उति नै सहायक हुने छन् ।

सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *