सम्मान कार्यक्रम स्थगित भएको जानकारी

आदणीय स्रष्टा,शुभचिन्तक,भाषा-साहित्यप्रेमी सज्जन महानुभावहरू,
साहित्य परिषद्,भूटानले २०२० मा एउटा वृहत् साहित्यिक कार्यक्रम आयोजना गरेर प्रदान गरिने भनिएको पूर्व घोषित हिम-तारा स्मृति सम्मान पुरस्कार विद्यमान वैश्विकरूपमा फैलिएको कोरोना महामारीका कारण अहिलेलाई स्थगित गर्ने निर्णय गरो ब्यहोरा यहाँहरूलाई अवगत गराउन चाहन्छु । प्रत्येक २ वर्षमा कविता तथा गजल विधामा लेखिएको एउटा उत्कृष्ट कृति वा कृतिकारलाई प्रदान गरिने उक्त पुरस्कार धमला परिवारले २०१८ मा स्थापना गरेको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो सम्मान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । यस निर्णयबाट यहाँहरूमा पर्न गएको अप्ठ्यारो र असुविधाप्रति साहित्य परिषद्,भूटान विनम्रका साथ क्षमा-याचना पनि गर्दछ ।

अध्यक्ष
गङ्गा लामिटारे
साहित्य परिषद्,भूटान
अमेरिका
मितिः११ नभेम्बर २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *