सर्वहारा

कुबेर कुईकेल “भुवानेटारे”
अमेरिका

श्रमि मजदुर आफ्नो क्लेदमा सर्वहारा
गरिप अमित आफैँ राष्ट्रमा बेसहारा
सदर अजङको लौ रक्त चुस्दै सुखी छन्
सगर दमन औधी नीति थोप्दै खुसी झन्

जल थल पवनीमा भाग्य खोज्छन् दरिद्र
छल नृप सुर बन्दै दीन ठोक्छन् र भद्र
छ बखत विपतीमा देखमा चाल जाली
शिव शिव मुखमा त्यो दैत्य मुद्रा निहाली

कपट कबज कर्जा आर्त माथी थुपार्यो
नगद जमिन जिन्सी हात पार्दै झपार्यो
हक हित जनताको भ्रष्ट काजी हितै भो
नरम नजर न्यायी भूप श्रद्धा सितै गो

अमिर सुख खुसीको मात्र औजार ठान्छन्
गरिब श्रमिक ज्यामी दीनलाई पछार्छन्
मुख अघि पछि ठिक्कै दु:खमा सर्वहारा
फगत बखत एक्लो मर्ममा बेसहारा

उठ उठ श्रमजीवी जाग बोल्दै निसाफी
छल ठग पदवीमा प्रश्न गर्नै छ काफी
जुट जुट जनता हो भग्य लेख्दै उषामा
हक हित जफतीको दम्भ तोड्ने दिशामा

मालिनी छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *