सानी र ठुली

कवि
कवि

प्रतिमान सिवा
ओहायो, अमेरिका

(बाल कविता)

सानी भन्छिन् खाऊँ खाऊँ
बर्गर  अनि  पिज्जा खाऊँ ।

ममी भन्छिन् धेरै नकराऊ
दाल र भात घरमै खाऊ।

ठुली  भन्छिन्  बाबा  जाऊँ
पार्क र  बजार  घुम्न  जाऊँ ।

बाबा भन्छन्  छैन   भ्याउ
गुडिया बोकी खेल्न जाऊ।

बिचरा सानी अनि ठुली
रुन्छन् सब  थोक  भुली।

हजुर यो कस्तो  ठाउँ  हो ?
केटाकेटी सबलाई धेर भो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *