सानो हाम्रो देशमा
इन्द्र खवास
अमेरिका
सारङ्गीको धुनले हाम्रो मनै चुँडाउँछ
अतीत हाम्रो गाथा सम्झी तनै गुडाउँछ ।
चन्द्रमा झुल्किए पनि देख्न गाह्रो भयो ,
कसो गरी बाँच्ने होला दिनै रात भयो ।
कसको नजर लागो आज सानो हाम्रो देशमा
भाषा भेष पुग्न लाग्यो पराईको भेषमा ।
दाजु, भाइ, दिदी, बहिनी आँखा खोली हेर
हाम्रो देश लोप हुन छैन केही बेर ।
आफ्नो भाषा चाँडो जोगाऊँ नलगाऊँ डेर
पुर्खा हाम्रा खुसी हुन्छन् पाउला आसिक धेर ।
नौटङ्कीको नाममा अब कुद्न छाडि दिऊ
नौमतीको हाम्रो धुन्न अब जोगाई लिऊ ।
तिम्रै हात छ, तिम्रै साथ छ,सुनाई हिँड गौरव बोकी
नभुलौँ है जन्मभूमि भाषाभेष भन्न आफ्नो छाती ठोकी ।