साहित्य सिर्जनाको काल विभाजन

गंगा लामीटारे

…….क्रमश:

(क) प्राथमिक काल वा पहिलो चरण (१९५६ देखि १९७७ सम्म)
(ख) माध्यमिक काल वा दोस्रो चरण (सन् १९७०देखि १९८८सम्म)
(ग) आधुनिक काल वा तेस्रो चरण (सन् १९९०देखि हालसम्म )

(क) सन् १९५६ देखि १९८६ सम्मको समयावधिलाई भूटानी नेपाली कविताको प्राथमिक काल मानिन्छ । भूटानमा कविता लेखनको श्रीगणेश सन् १९५५ तिर सामचीका जसराज काजीद्वारा लेखिएको ‘राजभक्ति’  गीति कविताको प्रकशनबाट  भएको मानिन्छ । भूटानका शासकका अगाडि औपचारिक रुपमा गायन गरिएको यो पहिलो कविता हो । भूटानका महाराजाको दक्षिण भूटानको भ्रमणका क्रममा चिराङ पुग्दा लोछाम्पाहरुले सामूहिकरुपमा गाउँदै महाराजाको स्वागत गरेका थिए ।

सन् १९५२मा भूटान स्टेट कंग्रेसको गतिविधिबाट त्रसित बन्दै गएका र नेपाली भाषीहरुलाई शंका उपशंका गर्दै गरेका तत्कालीन भूटानका महाराजलाई “हामी दक्षिण भूटानी लोछाम्पाहरु विद्रोही होइनौं भूटान महाराजाधिराजका बफादार रैती हौं । हामी माथि शंका उपशंका नगरिबक्सियोस् भनी राजालाई हृदयोदगार प्रकट गरेका हुन् ।  त्यसबेला रचिएका राजभक्तिमय कविताका केही पंक्तिहरु यस प्रकार छन् ।

“जय जय महाराजाको हाम्रा भूपति श्री ५को
झण्डा रहोस उच्चसरी अमर बनोस राज्यको
शान्तिको दर्शन भइरहोस स्वाधीन हाम्रो भूटानमा ……।
गौरी शंकर उच्चसरी हिमालय पर्वत वहा“ भै ।
शिरोमणि हाम्रा माझमा चन्द्र सूर्य चम्कला झैँ  । जय…..”

आज पनि दक्षिण भूटानीहरुलाई मुखस्त छन् यी कविताका पंक्तिहरु । नेपाली लोक गीत र विशेष धान नाचका सौखिन थिए महाराज । यसैले त १९५९ मा पहिलो पटक भारतीय प्रधानमन्त्रीको भूटान भ्रमण हुँदा उहाँको स्वागतमा नेपाली लोकगीत र धाननाचको आयोजना तत्काल गरिएको थियो ।
राजभक्ति,देशप्रेम र राष्ट्रियताले टनाटन भरिएको उक्त लोकलयात्मक कविताको शीर्षक भने के थियो कसैलाई थाहा छैन । पुस्तकाकारमा लेखिएको पनि छैन । जे भए पनि भूटानका शासकका अगाडि औपचारिक रुपमा गाइएको प्रस्तुत कविता भने भूटानको नेपाली कविता साहित्यको इतिहासमा पहिलो कविता मान्नुपर्ने हुन्छ । शासकको जय जयकार, स्तुति गान र प्रशंसा गर्दै लेखिएको भए तापनि भूटानको कविता साहित्यको विकास क्रममा एक माइल खुट्टी यसलाई मान्न सकिन्छ । यसैक्रममा नेपाली कविता साहित्यमा प्रारम्भिक कालका दोस्रा कवि लक्ष्मप्रिसाद निरौला (सन् १९३७) को सयपत्रीको थुँगो सन् १९६०मा अखिल नेपाली  पुस्तकालय दूध विनायक वाराणसीबाट प्रकाशित हुन्छ । अंग्रेजी कक्षा ८ र सम्पूर्णानन्द संस्कृति विश्व विद्यालयबाट मध्यमा उतीर्ण गरेका निरौलाले नैतिक चेतना, समाज सुधार र जातीयताको भावनाले भरिएको कवितामय कृति प्रकाशित गरेर भूटानको कविता साहित्यको विकास क्रममा एउटा कोसेढुङ्गा  सावित गरेका छन् । प्रवासमा बसेर प्रवासमै पढेका निरौलाले प्रवासी नेपाली जनजीवनको सामयिक अवस्थालाई समेत उजागर गरेका छन् ।
निरौला भूटानी नागरिक हुन् भन्दा सबैलाई आश्चर्य नै लाग्छ। “सयपत्रीको थुँगो” कृतिमा नेपालको ठेगाना दिएकोले गर्दा यस्तो सोच्नु स्वाभाविक नै हो । भूटानमा स्वतन्त्र लेखन र प्रकाशनमाथि पूर्ण प्रतिबन्धका कारण पनि यसो गर्नु परेको निरौलाको स्वीकारोक्ति छ । यसैकारण नेपालको ठेगाना दिएर यो कृति प्रकाशन गर्नु परेको थियो । भूटानको ताला ब्लकमा आफैंले स्थापना गरको स्कूलमा ३७ वर्षसम्म शिक्षण पेशामा कार्यरत निरौलाले सम्पूर्ण आफ्नो जीवन समाज सेवा र देश विकासमा समर्पण गरे वापत राष्ट्रिय सम्मान पाउनु पर्ने हो  तर, नेपाली भाषी भएकै कारण सम्मानको सट्टा सन्  १९९७ मा देशबाट पो निकाला हुनु प-यो । भूटानको शिक्षण क्षेत्रमा सवैभन्दा लामो  सेवा गर्ने पहिलो व्यक्तिनै निरौला हुन् ।

जाति, जागृति र प्रजातन्त्रको स्वर उराल्दै देवीभक्त लामिटारे (१९३८)को “दन्किदो भूटान” (१९७१) नामक कृतिको पहिलो संस्करण प्रकाशित हुन्छ । चिराङ जिल्लाको लप्सीबोटेमा जन्मिएका लामिटारे १४ वर्षकै उमेरमा देशबाट प्रवासिन व्यक्तित्व हुन् । भारतका विभिन्न विद्यालय, महाविद्यालयबाट पर्याप्त रुपमा संस्कृत, हिन्दी र अंग्रेजीको शिक्षा हाँसिल गर्ने लामिटारे भूटानका सन्दर्भमा पहिलो लेखक मानिन्छन् । उनको प्रस्तुत  ‘दन्किदो भूटान’ नामक कृति गद्यात्मक भए पनि राजनैतिक र ऐतिहासिक गतिविधि समेटिएको सो पुस्तकको पहिलो पेजमा उद्बोधन शीर्षकमा दिएका कविताहरु साह्रै उच्चस्तरीय छन् । जाति,जागृति र प्रजातन्त्रको त्रिवेणी मानिएको प्रस्तुत कृति भूटानको सन्दर्भमा पहिलो मानिन्छ । देश, समाज र राष्ट्रियताका लागि मरिमेट्ने लामीटारेको ६० वर्षे सिङ्गो जीवनको मूल्याड्ढन गर्न बाँकी नै छ ।

बाँकी अर्को अंकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *