सिर्जनाको शिष्य

मधु घिमिरे
वस्टर मासाचुसेट्स,अमेरिका

बनोस् सिर्जना यो सधैं शुद्ध पानी
समेटोस् सबैको अनौठो कहानी
पुगोस् सिर्जना जिन्दगीको गरामा
सहारा भरोसा बनोस् वेदनामा

उकालो भिरालो बुझोस् जिन्दगीको
निशामा उज्यालो भरोस् जिन्दगीको
अनेकौ निराशा चिरोस् जिन्दगीको
सुनौलो गलैंचा बुनोस् जिन्दगीको

गराका कुनामा चराका टुनामा
मितेरी लगाओस् ससाना मुनामा
फुलोस् फूल झै काव्यको वाटिकामा
रहोस् सिर्जना यो सधैं सम्झनामा

बनोस् सिन्धु कैलै बनोस् शैल कैले
पुछोस् आँसु कैले भरोस् हर्ष कैले
सबै बाल वृद्धा समेटोस् जवानी
सबैको उतारोस् सुनौलौ बिहानी

बढाओस् जगाओस् सधैं जोश आँट
पढाओस् अझै लक्ष्य चुम्ने हिमाल
उमारोस् हजारौं सदा शुद्ध लक्ष्य
सधैं सिर्जनाको बनेको छु शिष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *