सिशु भ्रमर
श्याम प्रशाद खनाल
ओहायो, अमेरिका
(छन्द : शिखरिणी)
य म न स भ लघु गुरू
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
बनाऔँ वागैकोस्थल विचल भै चीर तकको,
रही कामै लाग्ने जन मन घटै पूर्ण भरको।
खनी राखौँ कूलो तटकि बलियो बाँद रहने,
सिची संग्लो पानी तरु वर जरासम्म भिजने ।१।
बनाऊँ नेपाली नर-सर, बगैँचा रमणियाँ,
गरौँ घेराबन्दी सतजनसुधी साधकनियाँ।
उमारौँ पानी झैँ कहिँ कि छहरा मूल बढिया,
सबैगाउँमा गै नवघट भरौँ सम्मति सुधा ।२।
गरौँ भै रातैकी सरि जुनसुधा कीरण छवी,
कि साधौँ सेवादी नसुति घुमने चन्द्र कि खुवी।
भयो सेवा मात्रै पनि यदि क़तैको मनलिने,
भने खूसीहौँ है! पछि छ सुभलो सन्ततिदिने ।३।
गजल्, मुक्तक् लेखीकविवर वनि ढुक्क ठहरी,
कथाकाव्ये – ठेली कवगुण सुधानन्द लहरी।
गरी सृस्टी खाली थुपरिन गए पाठकविना,
भने होला हाँसोकित पछि पिँडी गर्छ विलना ।४।
यसो होला भोली उसबखतमा पर्छ विपति,
त्यहाँ आपत्टर्ने अव छ गरनू सक्कल विधि।
थुमै पिच्छे कक्षाकरण र विधी साधन कृति,
सुगन्धै नेपाली जग भरिदिने वासन रिति ।५।
यसो गर्नू चाँडै समय भनदो दीन मुडमा,
सुध्याँएँसत्जन्मा कवि र कवयत्री चतुरमा।
नविर्से दिन् रातै अथ इति कुरागुन्न मनमा,
उमारौँ वेलैमा मठतुलसि झैँ ज्ञान सिशुमा ।६।
फलैँचा नेपाली शरि जग वलीयो गरि तथा,
सवै यस्ता गाऊँ गठमिलि रची राख्न सकँदा।
सदालाई हुन्थ्यो उप जगत भै बाँच्नसकँदा,
अमेरीका भित्रै परजन भनुन्चन्द्रकि धरा ।७।
शरी आमा दानी सिशु भ्रमर भै पूष्पकिगति,
मिले झैँ नेपाली सिशु घट भरौँ सम्स्कृत मति।
सुधा नौलो मन्मा परिकन पछी बन्छन सुधी,
बुझेँ मैलेएत्ती अरु छकि कतै साधन विधी।८ ।