सुखको खोजीमा जीवनको गति !

तुला विष्ट
अस्ट्रेलिया

जीवन मेरो यसै डढ्यो उसै डढ्यो,
क्षितिज पारीको आकाशमा,
सगर डढे झैँ डढ्यो !

जीवनका पाना खस्दा खस्दै,
वर्षौँ गल्यो,
लप्सीको बोटमुनि बसेको वास,
हेर्दा हेर्दै लप्सी नै ढल्यो !

वसन्तमा झैँ हरियाली पाउलिएको,
मेरो जीवन,
शरदमा झैँ पत्कर सरि,
उजाड -उजाडमा पर्‍यो मेरो जीवन !

उजाड -उजाड मेरो जीवन
उजाड -उजाड भयो मेरो जिन्दगी!
हेमन्त झैँ सित र ओसमा पर्‍यो मेरो जिन्दगी

भत् भत् पैतालामा पोल्ने !
मरुभूमिको तापबाट,
भाग्दा -भाग्दै मेरो जीवन,
आज कुन्नि कता हो कता झर्‍यो।

चन्द्रमाको शीतल खोज्न अघि सरेँ
चन्द्रमाको शीतलता खोज्दा खोज्दै,
अस्त व्यस्त हुने भो मेरो जीवनको गति !
कता सरो
कता परो
कता झरो,
मलाई नै थाहा भएन
कहाँ पर्‍यो मेरो जिन्दगी ?

सङ्लो र सरल जीवन कठै बरा !
कागज डढेसरि खरानी भएछ,
सुखको खोजीमा दौडिँदा दौडिँदै
भग्नावशेष सरी, भएछ जीवन सारा,
यस्तै भयो मेरो जीवन,
जीवन विचरा ! मेरो जीवन,
मेरा जीवनका कथा !
पल्टाई -पल्टाई खोजेँ सारा,
पाइन काहीँ कतै पनि,
जीवन, जीवनका सारा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *