सुनकोशको पानी

श्री सिवा
अमेरिका

हिमालको माथि देखि
ढुङ्गा, माटो पहरासँग
कुस्ती खेल्दै खेल्दै
बगी आउने
सुनकोश नदीको पानी,
अनि त्यही पानीको पिँधमा
छालाको धोक्रो भित्र
वर्षौँदेखि इस्पातजस्तै
एकनासले मोती झैँ चम्किरहेको
महसुरको आत्म
अनि त्यही आत्मबाट
भकभकी उम्ली रहेको
वीरताको रक्त बीजहरू
अनि, त्यही पानीसँग सँगै घोलिएर
वर्षौँ वर्षा देखि
निरन्तर बगिरहेछ
त्यही सुनकोश नदी।

वास्तवमा
त्यो पानी पिउने
जो कोही पनि
वीरको रगत
शरीर भरी सलबलाएपछि
लाग्छ,
नाङ्गो खुकुरी लिई
निरङ्कुश, अत्याचारीको गर्धन
निमिट्यान्न परी
छप्काई दिनु पर्ने हो।

तर
यहाँ छेउ छाउमा बस्ने
हामी जनताहरूले
दिनौ, बिहान बेलुका
साना कचौरादेखि
ठूल्ठूला गाग्रीसम्म भरी
त्यो
मधेसको चर्को घामले
सुकाएको हृदयलाई
ठुल्ठूला मेसिनबाट
सयौँ चोटि प्रशोधित गरेको
कल्कलाउदो पानी सम्झी
अनजान वालक सरह
खलखली पिएर
आँखा चिम्म गरी
आनन्दले
सरर भिजाउँछौ मात्र
हाम्रा हृदयलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *