सुनखानीमा सुनको डल्ला

आर.पी. सुब्बा
अमेरिका

सुनखानीमा सुनको डल्ला
मन खानीमा हल्ला
कोशिश हाम्रो नयाँ होइन
माया बस्यो बल्ल !!
सुनखानीमा सुनको डल्ला
मन खानीमा हल्ला ………..

फूलपाती साँची राखी
चोखो माया लाउँला
ला’को माया अजम्बरी
पार्ने कसम खाउँला !!
सुनखानीमा सुनको डल्ला
मन खानीमा हल्ला ………..

कालो आँखा, सेतो मुहार
परी जस्तो रूप तिम्रो
साचौं माया सधैं भरी
जुनी-जुनीलाई हाम्रो !!
सुनखानीमा सुनको डल्ला
मन खानीमा हल्ला ………..

स्वर छ तिम्रो सुगा जस्तो
जिउ त कमलकोटी
लान्छु तिमीलाई बिहे गरी
पंचे बाजा ठोकी !!
सुनखानीमा सुनको डल्ला
मन खानीमा हल्ला ……….. !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *