सुमेरुका सुमेरु गर्जमान

कुबेर कुईकेल (भुवानेटारे)
मासाचुसेट्स,

विपक्षि ढाल्न दुष्टता कृतघ्न कर्म राज्यको
विदग्ध राजनीति त्यो निनाद ठप्प दीनको
प्रसिद्धि क्षेत्र साम्चिमा प्रमाण कोट बोल्दछ
निशान बोल्छ राज्यको कुकर्म पोल खोल्दछ

उ देवराज साम्चिको कमान क्षेत्र फौजको
सुमेरु कोट साक्ष्य हो प्रसिद्ध देवराज्यको
तिरो बटुल्न राज्यको सुमेरुको प्रयोग भो
उ भाष्य भेष्य श्रोत हो प्रतीक देश ऐक्यको

सुशान्ति पक्ष मार्गमा निशान साम्चि दुर्ग छ
प्रशासनीक कार्यको निवाष आज बोल्दछ
विशाल साम्चि क्षेत्रमा विचार रोप्न तत्पर
छली निमन्त्रणा भयो विभूति हत्य बर्बर

गढी सिमा बचाउमा समाज युक्त ब्यूह त्यो
तयार युद्धवीरको विभाग फौज तेज त्यो
भुटान राज्यपालको निमन्त्रणा प्रपञ्च भो
प्रहार राज्यपालको सिकार गर्जमान भो

उ गर्जमान हो सदा भुटान बोल्न खोज्दछ
जातिभेद जालको प्रपञ्च हत्य बोल्दछ
ल राज्यको चडाइ भो विचार हत्य मर्ममा
निमन्त्रणा प्रपञ्च भो गुरूङ हत्य जोङमा

ल लोकवाद पक्षको दिवाल ध्वास्त गर्न त्यो
र हत्य लोक पात्रको भयो अनाथ देश त्यो
दिवाल दक्षिणी सिमा बचाउमा तयार त्यो
सुमेरु गर्जमानको खुनी उ राज्यपाल हो

उनै समाजवादमा प्रसिद्धि युक्त ब्याक्तिको
ल जाग जाग वीर हो सवाल गर्न मृत्युको
छली बिभत्स हत्य हो ल प्रश्न गर्नु पर्दछ
शहीद गर्जमान हुन् निसाफ मिल्नु पर्दछ

छन्द – पञ्चचामर

Leave a Reply

Your email address will not be published. Required fields are marked *