सेतो खुनको धम्की

कवि

धर्मेन्द्रविक्रम नेम्बाङ्
ललितपूर, काठमाण्डौं नेपाल

एउटा नारा तयार पारे

शासक जातिवर्गले र भने,

रगत सबैको एउटै रातो हुन्छ ।

रातो रगत हुनेहरूले यो कागजमा

सही गर्नू, मलाई पनि त्यही नाराको

समर्थनमा रातो खुनले हस्ताक्षर गर्न भने ।

मैले यो कागतमा समर्थन छैन, म सही

गर्दिनँ, मेरो रगतको रङ्ग रातो होइन, सेतो

छ भनेँ । मेरो रगतमा अक्सिजनको मात्रा, पानीको

मात्रा, सेतो रक्तकोषको मात्रा, रातो रक्तकोषको मात्रा,

हेमोग्लोविनको मात्रा छ, मात्राहरू अरुकोमा पनि होला, अरुको

भन्दा मेरोमा फरक छ । सेतो रक्तकोषको मात्रा झन् फरक छ ।

त्यसकारण हस्ताक्षर र समर्थन छैन भनेँ ।

मेरो खुन मिश्रित छ, गतिशील छ अब

यो शासकीय नारा भने तल बजारमा

लगेर च्यातिदिनू, या मट्टितेल

खन्याएर आगो लगाइदिनू,

सेतो खुनको मेरो संसार,

राज्य, संरचना, सोच,

मन नै फरक छ ।

सेतो छ । म त

स्वीकार्दिनँ भनेँ ।

यो मेरो आक्रोस थियो ।

किनभने आन्तरिक उपनिवेशवादी नाराको चालबाजीले मेरो आमाबुवा,

बाजेबोजु, मामा, छेमा, काका, फूपू सबैलाई शरणार्थी पायो ।

उनीहरूलाई भाषाको महलमा एउटै हुन्छ भनेर भाषा खोसे ।

तिनीहरूको भाषा जबर्जस्ति कोच्याएर गए ।

उनीहरूलाई धर्मको महलमा, एउटै हुन्छ भनेर धर्म खोसे ।

तिनीहरूको धर्म जबर्जस्ति कोच्याएर गए ।

उनीहरूलाई संस्कृतिको महलमा, एउटै हुन्छ भनेर संस्कृति खोसे ।

तिनीहरूको संस्कृति जबर्जस्ति कोच्याएर गए ।

उनीहरूलाई राजनीतिको महलमा, एउटै हुन्छ भनेर राजनीति खोसे ।

तिनीहरूको राजनीति जबर्जस्ति कोच्याएर गए ।

उनीहरूलाई आस्थाको महलमा, एउटै हुन्छ भनेर आस्था खोसे ।

तिनीहरूको आस्था जबर्जस्ति कोच्याएर गए ।

उनीहरूलाई राज्यको महलमा, एउटै हुन्छ भनेर राज्य खोसे ।

तिनीहरूको राज्य जबर्जस्ति कोच्याएर गए ।

उनीहरूलाई विचारको महलमा, एउटै हुन्छ भनेर विचार खोसे ।

तिनीहरूको विचार जबर्जस्ति कोच्याएर गए ।

उपनिवेशवादी शासकहरूले एउटा भाँडा कमाए, नाराको तापक्रममा

चीजलाई पगाल्नु लामो समयसम्म कसरत गरे । घरघडेरीमा आन्तरिक

शरणार्थी बनाए । शरणार्थीको प्रमाण–पत्र नागरिकता नम्बर दिए । सही,

समर्थन गर, लैजाऊ भने, मलाई पनि, पान्थरको फेदेनमा, देख्ता शासक

वर्गजस्तो लाग्ने सि.डि.ओ.ले ।

यसरी वाड नम्बरमा घडेरीमा शरणार्थीको

प्रमाण–पत्र वितरण गर्दैछ । नागरिकता

नम्वर बराबर शरणार्थी नम्वर भएको

छ । त्यही नागरिकता या शरणार्थी

नम्वरको प्रमाण–पत्र हो कवि

चन्द्रविर तुम्बापोले जलाएको ।

अब भन्नु ठीक गरे या

बेठीक गरे या ठीक

वेठीक दुवै गरे ।

यो अनुभव र उमेरको स्टेजबाट म भन्छु ठीक गरे । ताली लगाउँदा हुन्छ ।

यो घटना निरपेक्ष छैन । यसले राज्यसत्ताको निर्माणसँग सम्बन्ध

राख्छ । राज्य निर्माणको प्रक्रिया, ढाँचासँग सम्बन्ध राख्छ ।

सेतो खुन हुनुको विद्रोह हो यो ।

सेतो खुनको चिन्तन यहीँनेर हो ।

अङ्क १ को निस्काशन, अङ्क २ को

स्थगन, अङ्क ३ को समर्थन यहीँेनेर हो ।

अङ्क १ जहिले पनि निरङ्कुश, अधिनायकवादी,

शासक भयो या तिनीहरूको हतियार या अङ्क १ को

मतियार तिनीहरू । प्रयोग, उपयोग, विघटन यहीँनेर हो ।

सेतो रगतको अस्तित्व, औचित्य यहीँनेर हो । एकसंख्यावादको

शासन, दर्शनको उन्मूलन र असंख्यावादको दर्शन शासनको सञ्चालन

यहीँनेर हो । भाँडाको बगँैचामा पूmलबारीको बहुरङ्गीनताको साँस्कृतिक

सौन्दर्य यहीँनेर हो । मेरो लगानी यहीँनेर हो । सेतो खुनको धम्की शीर्षकबाट अहिलेलाई यति नै ।