सोच

भूमिका दुलाल अधिकारी
युटा, अमेरिका

साँगुरिएको सोच यहाँ तन्काए तन्किँदै हजुर
मनमा काँडै काँडा रोपे गुलाब देखिँदैन हजुर
शुद्ध विचारले जताततै सुवास फैलाउँछ भन्छन्,
दुष्टताको गन्ध कतै लुकाए लुक्ने होइन हजुर !

आफै राजा आफै प्रजा नदेखेको होइन क्यारे
एक्लो संसार कसैको नि ख्याति प्राप्त हुन्न हजुर
ननिदाएको सपनीमा वास्तविकताले मार्दा फेरि
नछोडिदिऊँ भन्छु म त झूठो शानको धेरो हजुर !

डाडु-पून्यू खोज्दाखोज्दै पाहुनाले डाँडो काटे
पाल्तु हात्ती कुत्तासँग कहाँ डराऊछ र हजुर
वासना लिन फक्रिएको फूललाई टिप्नु कहाँ हुन्छ
सुवास छर्न पवनले अनुमति लिन्न हजुर  !

Leave a Reply

Your email address will not be published. Required fields are marked *