स्तब्ध मन !

भानु ढुगाना 
क्यानाडा 

lSS  lSS  lSS  lSS
य     य      य     य
छन्द= भुजङ्गप्रयात

म अज्ञानमा घुम्छु केही नजानी
बनी मुर्ख सारा गयो यो जवानी ।
दिई धाक आफैं  ठुलोभै कराएँ
यसैले म  यो  विश्वमानै  हराएँ ।।

न माता पिता साथमा बस्न पाएँ
नता  प्रेमले  भावना  भर्न पाएँ ।
छँदै छैन  मेरो  सहारा  धरामा
रहेनन्  दुवै  ईश  मेरा  गरामा ।।

अगाडी  पछाडी  दुवै  तर्फ हेर्ने
सबै भोक तिर्खा बुझी  पेट भर्ने ।
चपेटा  परेको  बिरामी  भएको
यहाँ देख्छ कस्ले सहारा गएको ।।

सधैं  याद  गर्ने  मुमा श्री  पिताजी
छ  रित्तो  सबै  स्थानरैछु  अभागी।
भयौं   आज  हामी  टुहूरा  धरामा
मिलोस् नित्य गोलोकको बास धाम ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *