स्याल, कुकुर र जून…

-जितेन खँड़का
टेक्सास, अमेरिका

मध्यरात
अनि,
धूर्त स्यालको भेला
एक-आपसमा
वक्रदृष्टि र वक्रमति !
सबै एकाधिपति
आफ्नै बड़प्पनको
हुइयाँ मच्चाउँदै-
ऊ..वहाँ ,ऊ..व…हाँ, ऊ..व…हाँ….,
म..यहाँ, मय…हाँ, मयहाँ….।
विचरा निदाएका कुकुर
बिउँझी भुक्न बाध्य,
भाऊ…भाऊ..ऊ…..भाऊऊ…ऊ,
हाऊ….हाऊ..ऊ…..हाऊऊ…..ऊ…!
अनुद्धिग्न गाउँभरि को-कोहोलो
सशंकित र त्रसित परिवेश
र, डाँडामाथि
मौन अनिदो जून
पर्खिरहेको
यो युगलाई नयाँ बिहानी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *