स्रष्टाहरूको परिचय समावेश गर्ने बारे जरुरी सूचना
मिति: ०९/३०/२०२१
आदरणीय भूटानी लेखक तथा स्रष्टाज्यूहरू,
यहाँहरूलाई यो जानकारी गराइन्छ कि डा खगेन्द्रप्रसाद लुइँटेलज्यूले विश्वभरि रहेका स्रष्टाहरूको परिचय समावेश गर्ने उद्देश्यले एउटा वृहत् कृतिको प्रकाशन गर्न लाग्नुभएको जानकारी प्राप्त भएको छ । प्रकाशनका लागि उहाँले भूटानी स्रष्टाहरूको तस्बिर सहित नाम र कृतिहरू निम्न ठेगानामा पठाइ दिनु भनी जानकारी गराउनु भएको हुँदा यहाँहरू सबैलाई आफ्नो कृतिको चित्रसहित व्यक्तिगत विवरण उपलब्ध गराइदिनु हुन साहित्य परिषद्,भूटान यसै सूचनामार्फत जानकारी गराउन चाहन्छ । सबै विधाका कृति र स्रष्टाहरूको परिचय मान्य र स्वीकार्य हुनेछ ।
- स्रष्टाको तस्बिर सहित नाम र कृतिहरूको नाम सहितको तस्बिर पठाउनु पर्ने
- विवरण-सामग्री पठाउने अन्तिम मिति १० अक्टोबर २०२१ सम्ममा
- विवरण -सामग्री तलको इमेलमा पठाउन सकिनेछ: drkalo@yahoo.com
धन्यवाद
जे एन दाहाल
निर्देशक
सूचना र सम्पर्क विभाग
साहित्य परिषद्,भूदान- अमेरिका