स्वतन्त्रता दिवस

कवि
कवि

सि० एम० निरौला
न्यू हेम्प्सायर, अमेरिका

 

मनभरि डर बोकेर स्वतन्त्रता दिवस मनाइ रहेको म

डरै डरमा पल्याक पुलुक गर्दै

पटका पड्कदा पनि गोली झैँ लाग्ने म,

कुकुरलाई बिजुली चम्कन्दा अगुल्टाको याद झैँ बनेको

तरै पनि चीत्कार गर्दै छु स्वतन्त्रता दिवसको।|

हो किच्च हाँसेझैँ गरेर डरैडरमा सडकमा छु म
किन हो थाहा छैन देशको झन्डा हातमा बोकेर
डराई डराई स्वतन्त्र भएको महसुस गर्दै छु
परिवार र आफन्तको हाल थाहा पाउन कौतूहल छु म
तरै पनि स्वतन्त्रता दिवस मनाइरहेछु।

हो म पिन्जडाको पन्छी झैँ स्वतन्त्र छु
कुवाको भ्यागुत्तो झैँ संसार चिनेको छु
मलाई के को डर म स्वतन्त्र छु, म आफ्नै मालिक बनेको छु
तर कसैको साइकलको टायर पड्कदा पनि मेरो होस उड्छ
कुकरको सिटी लाग्दा जीवनको अन्तिम दिन झैँ लाग्छ
तरै पनि म स्वतन्त्रता दिवस मनाइ रहेको छु।

म मेरै मान्छेसँग डराउछु, न म स्वतन्त्रता छु
न मेरो भावना
, कसले कतिखेर के गर्छ थाहा छैन
कहाँ केको सिकार बन्छु सोच्न पनि सक्दिन
तर पनि फिस्स हाँसेर ठुलो स्वरमा डराईडराई
म भने स्वतन्त्रता दिवस मनाइ रहेछु
!

Leave a Reply

Your email address will not be published. Required fields are marked *