स्वदेशलाई

भूटानी नेपाली डायसपोराको साङ्गीतिक क्षेत्रमा नव उदयीमान गीतकार श्री सिवाको शब्द रचना रहेको म्युजिक भिडियो “स्वदेशलाई” (SIWA GROUP) “सिवा ग्रुप”को युट्युब च्यानल मार्फत हालचालाई हामीमाझ पस्कनु भएको छ । यस गीतमा श्री सिवाको शब्द रचना, पुष्प गजमेरको सङ्गीत र फणिन्द्र राईको सङ्गीत संयोजन रहेको छ भने नेपाली साङ्गीतिक क्षेत्रका सफल र प्रसिद्ध गायक राजेश पायल राई उर्फ ‘राई इज किङ्ग’को स्वर रहेको छ ।

म्युजिक भिडियोमा अभिनेत्री ऋचा शर्मा र राज खड्काले आफ्नो अभिनयद्वारा यस गीतलाई जीवन्त तुल्याएका छन् । राष्ट्रिय भावले सजिएको यस गीतमा विदेश जानुको सट्टा आफ्नै स्वदेशमा परिश्रम गरेर देशको विकाश गर्नु असल हुन्छ भन्ने मूल सन्देश प्रवाह गरेको छ ।

अमेरिकाको न्यु ह्याम्पसायरमा बसोबास गर्नुहुने गीतकार श्री सिवा केही वर्ष अघि देखि अत्यन्तै मीठा र सुन्दर गीत सृजनामा तल्लीन रहनु भएको छ भने कविता लेखनमा पनि अभिरुचि राख्नु हुन्छ ।

यसरी गीत-सङ्गीत र भाषा-साहित्यमा योगदान दिएर अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली समाजका आउँदा पिँढीहरूमा नेपाली भाषा र साहित्य जीवित राख्ने ठूलो सम्भावना थपिदिनु भएको छ । वहाँको यो प्रयासलाई हामीले सर्हाना गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *