हराउँदै छ
नवीन प्रभात
क्यानडा
हराउँदै छ, कला संस्कृति मेटिदैछ भाषा
बिर्सिदैछ चिराङ, सर्भाङ, पारो अनि गासा
सयौँ साल देखि अनेक बिप्पतीमा पनि
बचिरहेको भाषा हाम्रो लोप हुँदैछ दिन गनी
गाउँ सरियो ,ठाउँ सरियो, सरियो अनेक देश
आफ्नै लाग्थ्यो लगाउँदा अनेक जाती भेष
खै नियातीको खेल यो या भाग्याको पाटो
मेटिदैछन् यादहरू अनि पाइला छोडेको बाटो
च्याँतीदैछन् दौरा सुरुवाल फाट्दैछन टोपी
लेखिँदैनन् कुमार, हरि, श्याम अनि गोपी
फरिया र चौबन्दीहरु भेटिन्नन् अचेल घरमा
चल्दै छ समाज पश्चिमी सभ्यताको भरमा
खोइ त अचेल काँधमा लगाइन्न जनाई
बज्न छोड्यो मादल बाँसुरी, दमाहा र सनई
आयो गयो राम नवमी वैशाखमा बुद्ध
छोड्दाछोड्दै चाड पर्व बोलिन्न नेपाली शुद्ध
असारमा दही चिउरा खाइन्थ्यो थाल भरी
कहिले आयो, कहिले गयो छ अचेल मन परि
दसै छोट्टियो, तिहार छोट्टियो छोट्टियो रङ्गिन होली
घट्दैछन संस्कार घट्दौछन सस्कृती आज र भोलि
भाषा नरहे पहिचान रहन्न, हराउँछ हाम्रो जाति
युग युग सम्म रही रहोस् चौडा हाम्रो छाती ।।