हवाई पत्रीकाको आगमन
अमेरिकाको हेरिसबर्ग पेन्सिलभेयामा साहित्यिक पत्रीका सञ्चालनमा आएको छ । यस हवाई पत्रीकाको पहिलो अङ्क जुलाई महिनामा आएको थियो । अहिले अगस्ट महिनामा दोस्रो अङ्क बजारमा उपलब्ध छ ।
सानो तर सुन्दर सजावटमा आएको जुलाई महिनाको पत्रीकाको पहिलो अङ्कमा अमेरिका भित्रकै विभिन्न स्टेटका कविहरूको सृजनालाई स्थान दिइएको थियो । दोस्रो अङ्कसम्म आई पुग्दा फैलावट केही बढेको देख्न सकिन्छ । यो महिना नेपाल, इन्डिया, अस्ट्रेलिया , डेनमार्क , क्यानडा र केही अमेरिका तिरकै लेखकहरूको काव्यिक उपस्थित देख्न मिल्छ । यस बाहेक उक्त पत्रीकामा एउटा साहित्यिक समाचार पनि प्रकाशन छ ।
तस्वितरः जे एन दाहाल
आठ पृष्ठको हवाई पत्रीकाको संस्थापक भगत बास्तोला र सम्पादक धर्मेन्द्र तिम्सिना क्षितिज छन् भन्ने उल्लेख गरिएको छ । दुवै अङ्क उस्तै देखिए पनि यसपालिको डिजाइनमा चौतारीको तस्बिर थपिएको छ र फन्टमा पनि केही हेरफेर छ ।