हारेका पाइला
नवीन प्रभात
क्यानडा
जीवन थियो निराश खुसी कतै थिएन
खोजी हिँडे उत्साह तर कर्मले नै दिएन
भाग्य पनि कस्तो अँध्यारोमै जिउनु पर्ने
पाइन कतै जीवनमा थोरै थोरै दीप छर्ने
पाइलाहरू रोकिन्थे पत्थरमा ठेस लाग्दा
निराशमा फर्किन्थे शरण मात्र पनि माग्दा
रगतले भरिएका ती पाइलाका छाप हेर्दै
बरबराउँछु एक्लै म लामो लामो श्वास फेर्दै
कयौँ प्रयास हारे मेरा एउटा यात्रा भेट्नलाई
सकिन आफ्नै गला हारे पनि रेट्नलाई
जीवनले मोड लियो पाएँ एउटा बाटो
मृत्यु सम्म बिर्सन्न पाइला टेकेको माटो