हिँड्ने तस्वीरहरू

कवि
कवि

यतिराज अजनबी
एड्लेड अस्ट्रलिया

यात्राको सिलसिलमा
म एउटा कन्क्रिटको जंगलमा
आइपुगेको छु।
यो जंगलमा कोब्राहरू छैनन्
ब्वाँसा, बाघ, हात्तीहरू पनि छैनन्
मान्छेहरू त हुने कुरै भएन।
यो जंगलमा आइपुग्दा
मलाई यस्तो अनुभूति भइरहेछ
मानौँ यो यौटा विशाल एल्बम हो।
यसमा रहेका तस्बीरहरू
तस्बीरभन्दा ज्यदा तस्वीर जस्ता लाग्छन्
यहाँ आइपुगेपछि थाहा भो मलाई

मोनालिसाहरूमा पोखिएका
कलात्मकता र सौन्दर्यहरू
पुराना कुराहरू भैसकेछन्
तस्वीर सजाउने कलाले
साँच्चै उत्तरआधुनिकता
प्राप्त गरिसकेछ।
तिमी मान या नमान यो कुरा
किन्चित क्लेस छैन मलाई
किनकि यी तस्वीरहरू हिँड्ने गर्छन्
तस्वीरहरू हिँड्ने भैसकेपछि
यो विकासलाई, सभ्यतालाई
तिमी कसरी बुझ्छौ
विकराल मानेर कुँद्छौ या
देवता ठानेर पुज्छौ
त्यो तिम्रो अधिकार र क्षमतासँग जिडिने
सन्दर्भको कुरा हो।
तस्वीरहरु र यी तस्वीरहरूबीचको भिन्नता यति हो-
तस्वीरहरू तस्वीरजस्ता थिए
चाहेर पनि मान्छेले आफ्नो मनको एल्बममा
सजाउन सक्दैनथ्यो तर यी तस्वीरहरू
यति सुन्दर देखिन्छन् कि मान्छेले नचाहेर पनि
आफ्नो ह्रदयमा टाँस्न पुग्दछ
पुग्दछ मान्छे अनि
तस्वीरसँगै तग्दीर बदल्न।

2 Replies to “हिँड्ने तस्वीरहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *