हिउँभन्दा सेतो

हर्क तिरुवा
ओहायो

भुवासरी आकाशबाटा हिउँका कणहरु रमाउँदै खस्दै थिए।
सेतै हिउँले फूलेका रूखहरू मेरै आँखामा रूमलिरहेका थिए ।

मैले म जन्मेर हुर्केको गाँउ र ठाँउहरू सम्झिदै थिए।
मैले हिउँको टोपी ओढेको डाँढा मात्र देखेको थिए।

आज मेरो कोठामा छिरेको हिउँको त्यो  उज्यालो।
आकाशमा छर्लङग फाटेको हिउँको त्यो तुवालो ।

हेर्दाहेर्दै हिउँले रूखका हागा र डाली चुम्दै ढाक्यो बगैंचा ।
छिन भरमै ओछ्यो हिउँले धर्तीमा सेतो गलैँचा ।

आज हिउँले ढाक्कि दियो सारा शहर र गाउँ ।
यहाँ कतै देखिएन हिउँले नडाकेको ठाउँ।

खै कहाँ थियो हिजोको खाल्टो ।
खै कहाँ थियो हिजोको खोबिल्टो ।

हेर्दा  हिउँ जति सेतो र चम्किलो ।
त्यति नै हुन्छ त्यो कठोर चिसो र चिप्लो ।

दशककैं भए छ, हिउँसँग जुदेको ।
धेरै भएछ, हिउँमा फोटो खिचेको ।

धर्तीलाई सीतल्ता दिलाउछ हिउँ ।
त्यो धर्तीमा उब्जीन्छ बिजन र बिउँ ।

हिउँ, न्यानो घरबाटा हेर्दा जति देखिन्छ रमाइलो ।
त्यति नै हुन्छ, हिउँमा सवारी फस्दा नरमाइलो ।

केटाकेटीहरू खेल्दै छन हिउँका डल्ला र मुर्ती ।
हिउँले  परिदियो सारा उज्यालो र चम्किलो धर्ती ।

यहाँ हिउँ परेको बेला हिउँभन्दा सेतो के छ र ।
यहाँ हिउँ परेको बेला हिउँभन्दा सस्तो के छ र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *