हेरिस्वर्गमा ११५ औँ लक्ष्मी जयन्ती सम्पन्न

 त्रिवेणी साहित्य मञ्च हेरिस्वर्गले नोभेम्बर ५, आइतबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ लक्ष्मी जयन्ती हिन्दु धर्म तथा संस्कृति (ओ.एच.आरसी)को भवनमा सम्पन्न गरेको छ ।

मञ्चका उपाध्यक्ष प्रेम घिमिरेको सभाध्यक्षयतामा भएको सो कार्यक्रम उद्घाटनमा मन्दिरका  स्वामी चक्रपाणि अधिकारीले मङ्गलाचरण वाचन, दीप प्रज्वलन र महाकविको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो ।अविबाबु अधिकारीले महाकवि देवकोटाको संक्षिप्त परिचय प्रस्तुत गर्नुका साथै  ७ देखि १४ वर्ष उमेरका १० बाल प्रतिभाहरूले नेपाली तथा अङ्ग्रेजी भाषामा देवकोटा सम्बन्धित  कविता प्रस्तुत गरेका थिए । बालकविहरू आयुस्मा  , कृपा  ,  सुवार्ना , नव्य  , प्रनेस , प्रीसा ट  निश्चल ट  , आध्या , नमिता , शमिक र साहिकालाई उत्साह प्रदान गर्न त्रिवेणी साहित्य मञ्चले मायाको चिनो प्रदान गरेको थियो।

मञ्चका अध्यक्ष केशव वैरागी माईलाले उद्घोषणा गरेको सो कार्यक्रममा प्रमुख अतिथिमा तिलक निरौला र अतिथिहरू डा. कार्याधिकारी,डा. तुलाराम न्यौपाने, भक्त घिमिरे , दिपकजङ्ग विश्वकर्म,टि बि गुरुङ रहनु भएको थियो भने स्थानीय गायिका  कान्छीमाया ढुङ्गेलले “कुन मन्दिरमा जान्छौँ यात्री ” गीतले कार्यक्रममा रौनक थपेको थियो ।   बालकृष्ण न्यौपानेको गायन,  फुर्वा लामाको तामाङको बाँसुरीको धुन हिमेसश खेर्साङ्को सारङ्गी र एसराजको सुमधुर धनुले कार्यक्रम मनमोहक देखिएको थियो ।

देवकोटाको  ‘मुना-मदन’ खण्डकाव्यको बसुधा रिजाल, सुधा खतिवडा र सबिना भट्टराईले वाचन गरेका थिए । साथै कविहरू मधुघिमिरे, पातलो अन्तारे, त्रिविक्रम न्यौपाने, देबि दागाने, मदन पोखरेल , परमा  अधिकारी र शेखर कोईरालाले आफ्ना रचना प्रस्तुत गरेका थिए  ।

नेपाली भाषा , साहित्य र सङ्गीतको उत्थानमा सन् २०१७ मा अमेरिकाको हेरिस्वर्गमा स्थापना  भएको त्रिवेणी साहित्य मञ्च  हाल गौर नाफा मुखी संस्था ५०१C दर्ता प्रक्रियामा अघि बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *