हेर्ने त फेस्बूक हो

अधिकारी कान्छो (परमानन्द )
हेरीस्वर्ग पेन्सिलभेनिया

बोल्दा हेर्न हुने बसे परपरै कस्ले बनायो कुनी
खोल्दा विश्व सबै छ सुन्न सकिने राखेर यन्त्रीक्धुनी
जस्तै संकटमा बसेर घरमा चिन्ता छ फेस्बूकको
सारै कस्ट परे भए सरलता हेर्ने त फेस्बूक हो। ।

धेरै चिन्तन छन् गरे मनपरे लाग्दैन पैसा अनि
बाँडी हेर्न सकिन्छ रे मनगरे सीयार् गरेरै पनि।।
योगा ध्यान गरे खिचेर भिडियो हाल्ने त फेस्बूक भो
आमा दाजु दिदी र भाइ बहिनी हेर्ने त फेस्बूक हो।।

मान्छे जन्म हुँदा छ हर्षित उता हालार फोटो निकै
धेरै पाठ पढी बनेर गतिलो हाल्दा छ फोटो ठिकै।
राजा या जनता र सासक सबै डुब्ने त फेस्बूक भो
झुप्रोमा घरमा बसे सहरमा हेर्ने त फेस्बूक हो। ।

लाग्दा भोक उता किनेर मसिनो हालेर फेस्बूकमा
खान्छन् झट्ट किनी गई झटपटी मान्छे त होटेलमा।
भान्सा भात लिटो चडाउनुअगी हाल्ने त फेस्बूकभो
आदा घण्ट नभै बसेर अलिबेर् हेर्ने त फेस्बूक हो।।

कस्ले के गहना किने पसलमा पैसा तिरेछन् कति
बाली खेत खिची बताउछ छिटो केके भयो उन्नति।
कोदालो हँसिया चलाउनु अगी फेरेर फेस्बूकको
बाँजो खन्न परे चिया दिनुपरे हेर्ने त फेस्बूक हो। ।

जाँदा बाथ्रुममा चलाउनु बसी भान्सा र कोठा पिडी
पूजा पाठ भुली बिहान दिनमा फेस्बूक हात्मा बिडी।
फोटो हेर्नु सुती उठी पलङमा कोट्याइ फेस्बूकको
रातीमा दिनमा कुनै समयमा हेर्ने त फेस्बूक हो। ।

नेपालीहरुले डुलेर बहुतै फोटो खिचेका थिए
भेट्दा टावर ती बसेर सबले फेस्बूकमा हाल्दिए।
जाने मार्ग कता छ त्यो मनगरी खोजेर फेस्बूकको
गाडी मोटरमा गुडे सबजना हेर्ने त फेस्बूक हो। ।

लौरी हात लिइ सुतेर बसने आँखै नदेख्नेहरू
गाँडो फेस्बुकमा फकाउछ ठिटी कस्को कुरा केगरौ।
लोकै तर्छु भनी बडा गजपको खोलेर फेस्बूक यो
मान्छे मर्नु अगी सुती पलङमा हेर्ने त फेस्बूक हो। ।

शार्दूलविक्रीडित छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *