होइन देशको माया

इन्द्र प्रकाश खवास
अमेरिका

कहिले एक्लै नतड्प है
हामी छौँ है तिम्रा नाति,
आपद् विपद् नआवस है
हाम्रो आमा माथि ।

हजार दुःख परे पनि
हाँसी खुसी जिउनु पर्छ ,
पुरानो त्यो चोली फाटे पनि
नयाँ चोली सिउनु पर्छ ।

अतितका कथा हाम्रो
पल्टाएर हेर्न पर्छ ,
प्रगतिका पाइलाहरु लम्काउन
प्रयास गर्नु पर्छ ।

कहिले यता कहिले उता
रेला होइन माया,
नाटक घरमा देखाइने
होइन देशको माया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *