होली

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलाईना, अमेरिका

तातो रातो उम्लिएको रगत
चारैतिर छल्काई देऊ अत्याचार र
अन्यायको विरुद्ध लड्ने योद्धाहरू हो
दन्किएको आगोमा होमिएर देखाई देऊ ।

गाँस बास खोसिएका मान्छेहरू हो
जिउने बाटो खोजी देऊ
रगत चुसी जिऊँने त्यो दिवा सपनालाई
विस्फोट बनी फुटाई देऊ ।

तातो रातो रगतको होली खेल्दा
हाँसी खुसी खेल्ने गर
होली खेल्दा तिमी पछि नपर
बरु होली खेल्दा खेल्दै मर ।

तब मात्र गौरव गर्छु
म पनि शहीदको बाऊ भनेर
ठटाई देऊ विश्वको नाङ्गो
राख वीर गोर्खालीको नाउँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *