२०५ औँ भानु जयन्ती

JN Dahal is our author based in Pennsylvania, USA. He is one of the editors of Bhutaneseliterature.com.

लेखक
लेखक

जे एन दाहाल 
पेन्सिल्भिनिया, अमेरिका

भानुभक्त आचार्यको जन्म, असार २९ चुन्डी रम्घा तनहुँ वि.सं १८१४ मा भएको थियो।ब्राम्मण परिवारमा जन्मलिई, उनले आफ्नै घरमा हजुरबा श्रीकृष्ण आचार्यबाट धार्मिक शिक्षा लिएका थिए।
भानुभक्तले घाँसीबाट प्रेरणा लिई आफूले पनि युगौँसम्म रहने कृति राख्न रामारणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्नु भएको भन्ने कुरा माथि उल्लिखित छ। यसरी सरल भाषामा लेखिएको कविता त्यस बेला जनमानसमा निक्कै प्रचलित थियो। प्रस्तुत घाँसी यस प्रकार छ-
“घाँसी “
भर् जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चिजहरू छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ती
धिक्कार हो म कन बस्नु न राखी कीर्ति

यस्तै उनले रामायणलाई संस्कृत देखि नेपाली भाषामा अनुवाद गरी पाठकलाई सहज वातावरण निर्माण गरेका हुन्। त्यस बेला यो निक्कै संघर्षपूर्ण काम थियो त्यतीधेरै चुनौतीबिच यस्तो काम निक्कै सह्रनिय थियो र अझै प्रशंसनीय छ।
आज पनि उक्त भानुभक्तीय रामायण लोकको जिब्रोमा सहजै झुन्डिने भएको छ। भानुभक्तीय रामायणको एउटा पङ्क्ति, “एक दिन नारद सत्य लोक पुगिगया लोक को गरौ हित भनि।”

त्यसरी उनले आफ्नो कालखण्ड, जतीबेला नेपाली पनि शुद्ध भएकै थिएन जुन अनौठो पाराले बोलीन्थ्यो त्यस समयमा उनले संस्कृतबाट नेपालीमा अनुवाद गर्नु र नेपाली मै कविता काव्य सृजना गर्नु कार्यले भाषामा तथा साहित्यको निक्कै उत्थान गरेको थियो।

उनका काव्यमा विशेष घाँसी, कान्तिपुरीनगरी, भानुभक्तीय रामायण, बालकाण्ड निक्कै चर्चीत छन्। उनले नेपाली भाषा सर्वसाधारण सम्म कविताका श्लोक मार्फत सबैले बुझ्ने र टपक्क टिप्न सक्ने बनाएर पुर्‍याएका थिए।

रम्घाको नेपाली समुदायमा प्रख्यात बनेका कविको अर्को एउटा चर्चीत कविता प्रस्तुत छ-
“कान्तिपुरी नगरी”
चपला अवलाहरु एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिंड्न्या सखि लीकन ओरिपरी
अमरावती कान्तिपुरी नगरी ।

आचार्यको अनुवाद र कविता शिल्पका कारण उनलाई मोतीराम भट्टले १९८१ उनको जीवनी लेखनमा आदिकवि उपाधि दिएका थिए । त्यसैले आजसम्म हामी उनलाई आदिकवि भनेर सम्बोधन गर्छौँ।

उनी १८६८ मा बिते पछि उनको साहित्यिक योगदानको कदर गर्दै मोतीरामले उनका काव्य/कृति देशभरि फिजाउने काम गरेका हुन्। र यसरी आदिकविको उपाधि पाउने नेपालबाट भानुभक्त पहिलो व्यक्तित्व हुन्।

प्रत्येक साल असार २९ अङ्ग्रेजी महिनाको जुलाई १३ तारिख भानु जयन्तीमा विशेषतः कवि, लेखक र साहित्यिक व्यक्तित्वको ठुलो जमघट रहन्छ।आचार्यको २०५ औँ जन्म जयन्ती विश्वभर साहित्यिक कार्यक्रम गरी मनाइँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *