९० वर्षका वयोवृद्ध भूटानी मूलका कविको  कविता संग्रह  लोकार्पित

भूटानी मूलका नेपाली भाषी नब्बे बर्षीय वयोवृद्ध कविले  कविता संग्रह प्रकाशित गरेका छन् I उक्त कविता संग्रह अमेरिकाको पेन्सिलभेनीया राज्य अन्तर्गत पिटस्वर्ग नगरमा पुनार्वासित भएका श्री पशुपति खनाल(श्री पद्मनाभ प्रपन्न ) प्रकाशित गरेका छन् I गत जून ४ तारिकका  दिन पिटस्वर्गको श्रीकृष्ण मन्दिरको सभागरमा आयोजित एक समारोहमा ‘उपदेशरत्नमञ्जरी” नामक उक्त कविता संग्रहको विमोचन गरिएको थियो I

डा० खेम नेपालको अध्यक्षतामा सम्पन्न भएको विमोचन समारोहमा भौतिक उपस्थितिका साथसाथै विभिन्न देशबाट थुप्रै विद्वान्हरू र साहित्य प्रेमीहरू भर्चुअल समावेश भएका थिए । भूटानको लामिडाँडा पाठशालामा लामो समयसम्म  अध्यापन सेवामा रहेका  खनाल ९० वर्षको उमेरसम्म पनि भागवत र व्याकरण शास्त्रको भर्चुअल अध्यापन गरिरहेका छन् I पं. खनालले लेखेको कृतिलाई प्रो.डा.हरिप्रसाद अधिकारी र श्री डिल्लीराम नेपालले सम्पादन गरेका छन् I संवाददाता हरि फुयेलद्वारा दिइएको विवरण अनुसार संस्कृत र नेपाली भाषामा लेखिएका ६० वटा कविताहरू यस कृतिमा रहेका छन् I

नेपाल संस्कृत विश्व विद्यालयका प्रो० श्री काशिनाथ न्यौपानेको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा प्रो॰ श्रीहरिप्रसाद अधिकारी, आचार्य श्रीरामानुज नेपाल, स्वामी श्रीकेशवाचार्य, स्वामी श्रीवासुदेवाचार्य, श्रीवासुदेव शरणमहाराज, स्वामी श्रीचक्रपाणी, स्वामी श्रीहरि ॐ, श्री भागवत शरण महाराज, श्री पदम ढकाल, डा० श्रीलल्मीनारायण ढकाल, श्रीमाधव अधिकारी, श्रीनारायण काफले, श्रीखेम शाण्डिल्य, श्रीयदु कोइराला, श्रीनन्दु दहाल, श्रीतारानिधी भण्डारी आदि  विशिष्ट विद्वान आचार्यहरुको उपस्थिति रहेको थियो ।

 “श्रीमद्भागवत स्वाध्याय केन्द्रम्” द्वारा आयोजित उक्त कार्यक्रम जुम तथा श्रीकृष्ण मन्दिर पिटस्वर्गबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रमको संचालन देवीचरण खनालद्वारा गरिएको थियो भने हरि फुयेलले कवि र कृतिको परिचय प्रस्तुत गरेका थिए I कार्यक्रमको आरम्भ झगेन्द्र खतिवडाको  वैदिक मंगलाचरण र विदुषी देविका खनालको  संगीतमय स्वागत गानबाट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *