‘मलाई शरणार्थी भनिदिनोस’
विनोद शर्मा
सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको भन्दा अवस्था अलिक राम्ररो थियो, यो सबैलाई थाहाँ छ । त्यो हुनुको पछाडिको मुख्य कारण भने कै “म शरणार्थी हुँ” भन्ने नेपाल सरकारबाट पाएको मान्यता नै थियो ।
जब २००६ मा नेपाल सरकार र सम्युत्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुत्त (यूएनएचसिआर) ले नेपालमा रहेका सबै भूटानी शरणार्थीलाई आधिकारिक परिचय पत्र दिनका लागि प्रमाणिकरण प्रक्र्रिया शुरु ग–यो, त्यो बेला भारतमा भौतारिने धेरै भूटानीहरुले पनि राहतको उपभोग गर्ने मौका पाएका थिए । अहिले, त्यस्ता धेरै शरणार्थीहरु पुनर्वाश कार्यक्रमअन्तर्गत विभिन्न पश्चिमा मुलुकहरुमा पुगिसकेका छन् ।
तर, त्यस बेलाको दर्तामा पनि धेरै भूटानीहरु छुटेका छन् । अहिलेसम्म यी शरणार्थीहरुको पीडा कसैले सुनेको छैन । त्यसमध्ये पनि करिब दुई दर्जन जति त भूटानको जेलबाट विभिन्न समयमा छुटेका मानिसहरु छन् । तानाशाहको बन्दिगृहभित्र बर्षौसम्म अमानवीय यातना भोगेका यी पीडित भूटानीहरु आज परिचयको खोजीमा शरणार्थी शिविरमा भौतारिरहेका छन् । गाँस, बाँस अनि कपासको बन्दोबस्ता मिलाइदिने खोक्रा आश्वसनहरु नेपाल सरकार र यूएनएचसिआरबाट पटक–पटक नआएका होइनन् तर अझसम्म पनि खासै केही हुन सकेको छैन ।
कति राजनैतिक बन्दीहरुले त भूटानका जेलमा १९ वर्षसम्म विताएका छन् । भूटान पिपल्स् पार्टीका तत्कालिन महासचिब डी.के. राई सबैभन्दा लामोसमय जेल जीवन विताउने पनि आज शिविरमा परिचयविहिन भएर बाँचेका छन । उनको पार्टीले पनि दैनिक गुजारा चलाउनका लागि खासै केही गरेको छैन । त्यस्तै, देशद्रोहीको आरोपमा साडेसात वर्षको जेलसजाय भोगीरहेका बेलडागी–१ शिविरका एक जना शरणार्थीका दुबै मृगौलाले काम गर्नछाडे पनि अन्तराष्ट्रीय रेडक्रस सोसाइटीको सहयोगमा उनी भूटानको जेलबाट त रिहाइ भएका छन् तर उनको स्वस्थ्य अवस्था अति नै नाजुक रहेको छ आज ।
भूटानमा छँदाका साथीहरु आज “शरणार्थी” भएर अमेरिकालगायतका मुलुकमा जान तमतयार भएका बेला, तिनै शरणार्थीका छाप्राको छिमेकी आज “मलाई शरणार्थी भनिदिनोस” भन्दै भौतारि रहेका छन । यतनाको असरले दैनिकरुपमा कम्जोर वन्दै गएका यी पीडितमध्येका पीडितप्रति तपाई–हाम्रो पनि चासो अवश्य जानु पर्दछ ।