गजल:२६५
जे.एन दाहाल
अमेरीका
चट्याङको देशमा भयो जहरको एउटा कथा
सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा
पन्छाएर समयले यसै ठेल्दा किनार तीर,
अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा
सधैँ एकनासले बग्ने हेर फोछू त्यहाँ अझै,
सुख्खा रह्यो लेखें हजुर बगरको एउटा कथा
जुमुलरीको फेदीबाट उठाएर यो विश्वभरी,
पवनले छाप्दै छ है खबरको एउटा कथा ।
One Reply to “गजल:२६५”