गजल-३१८
अबि अधिकारी
ह्यारिसबर्ग, अमेरिका
पाखण्डीलाई धर्मको दूत कसले बनायो
यो जात ऊ जात छुवाछूत कसले बनायो ?
भगवानको संरचना ध्वस्त पार्नेहरु हो
कोही सपूत कोही कपूत कसले बनायो ?
गीतासारले भन्छ सबै प्राणी बराबरी
शोषक शोसित यो कर्तूत कसले बनायो ?
राम आए, कृष्ण आए इतिहासले भन्छ
कुप्रथालाई यस्तो मज्बूत कसले बनायो ?
ए स्वार्थी बिभेदको झण्डा बोक्नेहरु हो
तिमीहरु बस्ने महल अद्भूत कसले बनायो ?