गजल-३६१
टेक भण्डारी
एडिलेड अस्ट्रेलिया
डुब्दै छ ढलपल ढलपल अनौँठो सहरभित्र मेरो पुनर्वास
सुरताल बिहिन लाग्ने यो मधुरो प्रहरभित्र मेरो पुनर्वास।
खै तिमी कसरी बाँच्दै छौ त्यता नयाँ जीवनशैली अँगाल्दै
यता त विवश भएर सडिरहेछ जहरभित्र मेरो पुनर्वास।
आज त जसो तसो रमाउँदै छु इतिहासलाई बिर्सेिएर
भोलि लंगडो भएर फँस्न सक्छ नहरभित्र मेरो पुनर्वास।
लाग्छ मलामीले सङ्खबिनै अस्तित्वको लिलामी भाउमा
अपहरण गर्नेछन् औसरबादको लहरभित्र मेरो पुनर्वास।
संकाका तरंगहरु छल्किन्छन भोलिको भविष्य सम्झेर
साँच्चै अन्त्य हुनेछ कुण्ठित ठहरभित्र मेरो पुनर्वास।