हेर नानु, हेर !

कवि

प्रतिमान सिवा
ओहायो, अमेरिका

(बाल कविता)

हेर नानु, हेर !
आकाशमा कति राम्रो जुनटिकी फुलेको,
पृथ्वीमा त्यस्तै राम्रो चाँप-चमेली झुलेको,
तिमीपनि पढी-लेखी ढकमक्क फुलिदेउन,
उपहार म तिमीलाई ताराहरू उनेर दिउँला,
लालुपाते तिम्रा ओठहरूमा ममता म चुमिइदिउँला ।

हेर नानु, हेर !
रानीबनमा कति मीठो न्याउली चरी बासेको,
लेकबेंसीमा त्यस्तै मीठो लालीगुराँस हाँसेको,
तिमी पनि रन बन सबै कोकिल-कण्ठ गुन्जिदेउन,
शिक्षाको वर्षातमा रमझम तिमीपनि झुमिदेउन,
उपहार म तिमीलाई जुनकिरीको हार गुथिदिउँला,
कलिला तिम्रा मस्तिष्कको सहारा बनी म उठिदिउँला ।

(रचना मिति: २०५८-०८-१७),

(नोट: २००१ मा प्रकाशित कविता सङ्ग्रह ‘डोबहरु’बाट साभार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *