गजल – ४२८

लक्की राशि
केन्टकी, अमेरिका 

एक दुई आशाहरू नभएसी चार खोजेर के गर्नु
छैन भन्नेले भनी सक्यो हरेक बार खोजेर के गर्नु

मेरो गाँऊमा एउटा साइकल मात्र भए पुग्छ आज
त्यो घोषणा पत्रमा मात्रै केवल कार खोजेर के गर्नु

भोगवली नगरौं न भन्दा आज बुद्धकै मूर्ती हेर्न छाडे
चुच्चो कैलाश मात्र पुगी अपरम्पार खोजेर के गर्नु

अब हामीलाई शान्त सुन्दर समाज बनाउनु छ त
सृजनशील कलम नै चलाऊ तरबार खोजेर के गर्नु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *