गजल-४३६
प्रेम पाण्डे ‘अनुपम’
एड्लेड, अस्ट्रेलिया
बनाएको नयाँ छाप्रो कस्तो होला बेल्डाँगीमा
समानको भाउ उस्तै छ कि सस्तो होला बेल्डाँगीमा ।
छोडी हिँड्दा हरियो थियो सखुवाघारी पनि
हाँगाबाट पात छुटी खस्दो होला बेल्डाँगीमा ।
मानिस घटे बढ्यो जङ्गल जनवारको राजसँगै
बाघ, हात्ती बसाइँ सरी बस्दो होला बेल्डाँगीमा ।
हामी आयौं विदेशतिर अरू केही झुप्रोमा छन्
गाऊँ, घर, टोल, छिमेक जस्तो होला बेल्डाँगीमा ।