मसानात्मा !

सी एम निरोला
न्यू ह्याम्पसायारअ, अमेरिका

आत्मा बेचेर खुसी हुन्छौ भने
मैले जिउँदै स्वर्गको सपना देखेझैँ
सारा तिम्रा बिचारहरूलाई
तिलाञ्जली दिए हुन्छ ।

बस ! तिमी त बेचिएको मान्छे
जता रिमोट चल्छ त्यतै बटारिन्छौ
कहिले आँधीले त कहिले खहरेले
अस्तित्व विहीन तिमी।

न तिमीले आफ्नो मनलाई बुझ्यौ
न आफैलाई
पर्दा अगाडीको हिरो तिमी
स्टन्ट् हान्ने सधैँ छहारी
तिमी घाट हौ
तिमी केवल मसान !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *