गीत

खेम रिजाल
ओहायो, अमेरिका

संगीत: सत्यस्वरुप आचार्य
गायन: स्वरुपराज आचार्य
एल्बम: पहिलो भेट

जे जे हुनु भैगो अब कुरा नचलाउन
आलो यो घाउमा फेरि छुरा नचलाउन

सपना मेरो एउटै थियो बिपना पनि एउटै
भेटाए झैँ लाग्थ्यो तिम्लाई ढुंगा खोज्दा देउतै
आधा सपना जलाई दियौ पुरा नजलाउन
आलो यो घाउमा फेरि छुरा नचलाउन

बास बस्न दिएँ दिलमा थियौ कति जाति
कुल्चिएर गयौ आज मेरै छाती माथि
शून्यता नै प्यारो लाग्छ चुरा नबजाउन
आलो यो घाउमा फेरि छुरा नचलाउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *