गीत

टङ्क आचार्य
केन्टकी, अमेरिका

तिम्रो सामु आएँ तर , बोल्न डराएँ
एकान्तमा तिम्रै नाम लिई- लिई कराएँ
– – – – – – – – – – – – – – – – – – – – – –

रहर लाग्छ तिमीसँग हाँस्न बोल्नलाई
डर लाग्छ मनको कुरा खोल्नलाई !!
मेरो चाहा तिमीसँगै माया लाउने हो
यो ज्यानले तिम्रो माया कैले पाउने हो !!
तिम्रो सामु आएँ तर ,……………….
– – – – – – – – – – – – – – – – – – –  – – –

आउँदै छु म आज, तिमीलाई भेट्नलाई
चाहाना र भावनाका प्यास मेट्नलाई
हिम्मत राखी डर फ्याँकी म भन्दै छु ,
माया गर्छु तिमीलाई मनमा सजाउँछु !!
तिम्रो सामु आएँ तर ,………………..
– – – – – – – – – – – – – – – – – – – – – – –

तिम्रो सामु आएँ तर , बोल्न डराएँ
एकान्तमा तिम्रै नाम लिई- लिई कराएँ

One Reply to “गीत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *