गजल-४५८

सहयात्री ढकाल
ओहायो, अमेरिका

कहिले खुसी कहिले दुःखी बनायो जिन्दगीले
कति चोटि त बेस्सरी रुवायो जिन्दगीले।

आशा साँच्चीकै मरेको कहाँ छ र अझै पनि
तर पनि सात समुन्द्रपारि पुर्यायो जिन्दगीले।

तिम्रो काख छोडेर जब आएँ नि म यहाँसम्म
धेरै चोटि भत्काउनु सम्म भत्कायो जिन्दगीले।

जसरी भए नि जिउनु पर्छ बाँचुन्जेल सम्म यहाँ
फेरी यस्तै यथार्थ कुरा सम्झायो जिन्दगीले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *