गजल-४५९

लक्ष्मण धमला ‘दुखी साइँलो’
ओहायो, अमेरिका

ए आफ्नाहरू ! धेरै जाल नगर
दोषी छैन लक्ष्मण बबाल नगर ।

न्याउली मारे पक्कै पछुतो हुन्छ
खेदो खन्ने काम हर साल नगर ।

मर्द साम्नेबाट नै चुनौती दिन्छ
कुख्यात लाछीको चाल नगर ।

न्यायालयको ढोका खुल्ला छ
सिनो बोकेर त्यो हडताल नगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *