के सोच्दैछ मान्छे ?

राम आचार्य (पुष्पप्रेमी)
बुधबारे ६ झापा नेपाल

विज्ञानले मानिस मानिस बीच
शक्तिको होड जन्मायो
मान्छे नै मान्छेको
बैरी बनायो
अहिले प्रकृतिले मान्छे र
मानवता बीचको
सम्बन्ध खोजिरहेछ,
आपसी सद्भाव, सहयोग र
समर्पणको लक्ष्मण रेखा कोर्दैछ ।
आज एउटा मानिसले
अर्कोलाई भेट्दा
सोधिने प्रश्नहरू
साझा चुनौती बन्दैछन,
आजभोलि कसैले कसैसँग
नाम के हो?
थर के हो?
जात के हो?
धर्म के हो ? र
घर कहाँ हो भन्नू भन्दा पनि
तपाईँलाई ज्वरो आएको छ?
रुघा लागेको छ?
सुख्खा खोकी लाग्छ?
दम बढ्छ ? आदि जिज्ञासा
विश्व मानवताका
साझा जिज्ञासा बन्दै छ ।
विज्ञानलाई ईश्वर ठान्ने
सभ्य र विकसित देशहरू
पनि मानवशुन्यको संसारको
चिन्ताले आक्रान्त बन्न
थालेको पाइन्छ ।
यहाँ खिसी ट्यौरी गरिने
पूर्वीय दर्शनमा उल्लेखित
बसुदैव कुटुम्बकम्: को भावना
उजागर हुँदै आएकोछ ।

यस्तो मानवता विरुद्धको
साझा शत्रुसँग
विश्वमानव समुदाय नै
जीवनको भिख मागिरहेको बेला
केही दानवरूपी नरपिशाचहरू
जीवन भन्दा धन ठुलो ठान्ने
कलुषित मनोवृत्ति
उदाङ्गो पारेर मानव जगलाई नै
लज्जित पारी रहेका छन् ।
यस्ता व्यक्ति भषणटचारी
भनेर मात्र पुग्दैन,
यी त मानवता विरोधी
राष्ट्रद्रोही एवं
पाखण्डी द्रब्यपिसाचहरु हुन
जसलाई न धिक्कार्ने शब्द हुन्छ
न त सजाएको मापदण्ड नै छ।
न धरतीमा मानवताको अर्थ बुझ्छ
न त स्वर्गमा ठाउँ पाउँछ ।
यिनको नाता छ त
केवल पैसासँग
धन दौलतसित
जहान परिवारसँग
नातागोतासँग बस् ।
कस्तो धिक्कार लाग्दो
मानव स्वरूप ?
प्रकृति शक्ति भन्दा अजेय
विज्ञानका किमार्थ छैन
सबैले बुझौं, बुझाऔँ
आफू बाँचौँ अरूलाई पनि बचाऊँ ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *