प्रेमहत्या प्रकाशित

लेखक इन्द्र खवासको उपन्यास हालै प्रकाशित भएको छ । ‘प्रेमहत्या ‘ नामक उनको उपन्यास विमोचनको तयारीमा छ । डम्फू चिराङको लामिडाँडामा जन्मिएका इन्द्रको  प्रेमहत्या आवरण सहित ६६  पृष्ठको छ  । उक्त उपन्यासमा भुटानी परिवेश त झल्कन्छ नै साथै प्रेम कहानी पनि पढ्न मिल्छ ।

उपन्यासमा प्रेमहत्या भनिएको छ तर कसले कसलाई हत्या गर्छ ? उक्त पात्रले हत्या नै किन रोज्छ ? उपन्यासको नामबाटै पाठकलाई उत्सुकता जगाउँछ ।  यसअघि ‘आमाको गुनासो’  लेखि सकेका खवासको यो दोस्रो उपन्यास हो । लेखक हाल  सिन्सिनाटी ओहायोमा बसोबास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *